मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

कञ्चनपुरको पुनर्वासमा माओवादीले १३ पुस खबरदारी सभा गर्ने

पूर्वी प्रेस 77+ समाचार ( )
११ पौष २०८१, बिहीबार

नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको हो ।

माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै खबरदारी सभाबारे जानकारी दिएको छ ।

सभालाई पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उपमहासचिव एवंम् सुदूरपश्चिम इन्चार्ज गिरीराजमणि पोखरेलले जानकारी दिए ।

पोखरेलले खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितिको भण्डाफोर गरिने बताए ।

सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई छानीछानी षड्यन्त्रपूर्वक विभिन्न खालका चलाइरहेको तर सत्तापक्षका गलत कर्तुत ढाकछोप गर्ने प्रयास भइरहेको आरोप उनले लगाएका छन् ।

माओवादी केन्द्रको जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाई पार्टी अध्यक्ष दाहालसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

माओवादीले शक्ति प्रर्दशनका रुपमा समेत लिएको उक्त सभामा २० हजारभन्दा बढी मानिस उर्ताने दाबी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार