मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |
मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

खानेपानी मन्त्री राजेन्द्र कुमार राईले म्याङलुङ खानेपानी व्यवस्थापनको लागि यसै आवमा ५० लाख रुपौया उपलब्ध गराउने
तेह्रथुममा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, खानेपानी मन्त्री राजेन्द्र कुमार राईबाट उद्घाटन ।

पूर्वी प्रेस 52+ समाचार ( )
राष्ट्रिय फुटबल टिमका मिडफिल्डर अनिता बस्नेत ३३ हजार ३ सय ३३ रुपौया नगद सहित सम्मानपत्रद्वारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा सम्मानित
२५ चैत्र २०८०, आइतबार

तेह्रथुम,२५ चैत। संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले  सरकार खेलकुदको विकास र विस्तार गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।

तेह्रथुमको सदरमुकाम म्याङलुङमा आयोजित १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आईतवार उदघाटन गर्दे मन्त्री राईले सो कुरा बताउनु भएको हो । खेलकुदले देशको गरिमा बनाउने भएकाले सरकारको ग्रामीण स्तरबाटै खेलकुदको विकास तथा विस्तार गर्ने योजना रहेको मन्त्री राईले बताउनु भयो ।

आफु पनि पहिले खेलाडी भएकोले खेदकुद क्षेत्रमा बजेट कम भएकोले महसुस भईरहेकोले आगामी दिनमा खेदकुद क्षेत्रमा बजेट बढाउन प्रयत्न गर्ने उहाँले बताउनु भयो । मन्त्री राईले तेह्रथुमको  म्याङलुङको  खानेपानी व्यवस्थापनको लागि यसै आवमा ५० लाख रुपौया उपलब्ध गराउने समेत बताउनु भयो ।

प्रदेशसभा सदस्य कमला दर्नाले खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला तयार गर्ने भएकाले खेदकुद क्षेत्रका लागि ठोस नीति र दृष्टिकोण बनाउन आफु लागि पर्ने बताउनु भयो । यसै गरि  प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले तेह्रथुमकी खेलाडी अनीता बस्नेतले राष्ट्रिय खेल जगतमा पुर्याएको योगदानको चर्चा गर्दे उहाँको योगदानले खेलकुद क्षेत्रमा उदाउँदै गरेका खेलाडीहरुलाई प्रेरणा मिलेको बताउनुभयो ।

म्याङलुङ नगरपालिका प्रमुख संजयकुमार तुम्बाहाङ्फेले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि संघीय सरकारले विनियोजन गर्ने एक लाख रुपौया अत्यन्त कम भएको बताउनु भयो । थोरै रकमबाट खेदकुद क्षेत्रको विकास नहुने समेत उहाँले बताउनु भयो । खेलकुदको विकास संगै सुख्खाग्रस्त क्षेत्रका नागरिकहरुले खानेपानी खोज्नका लागि गाग्रो बोक्ने अवस्थाको अत्य र बस्तुभाउले पानी खान पाउने वातवरण बनाई दिन मन्त्री राईलाई आग्रह गर्नु भयो । साथै मन्त्री परिषदको निर्णायक थलोमा मन्त्री राई रहनु भएको भन्दै १४ वर्ष अघिदेखि अलपत्र रहेको तेह्रथुम र पाँचथर जोड्ने तमोर पुल चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गराउन पहल गरिदिन अग्रह गर्दै मन्त्री राईलाई नगरप्रमुख तुम्बाहाङफेले ज्ञापनपत्र समेत बुझाउनु भयो ।

हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्ने भएकाले तिनै तहका सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्वुले बताउनु भयो । स्वास्थ्य शरिर, निरोगी मस्तिष्कबाट सुन्दर भविष्यको रुपरेखा कोर्न सकिने भएकाले खेलकुद विकासको संबर्धन, प्रवर्धनका लागि खेलकुद पुर्वाधारको विकास हुन आवश्यक रहेको समेत अध्यक्ष लिम्वुले बताउनु भयो ।

सरकारले खेलकुदलाई झारो टार्ने पारामा लिएर महत्व नदिएको अवस्थालाई चिर्दै छथर गाउँपालिकाले अधिल्ललो वर्ष संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नका लागि गरेको सहयोगको उच्च सम्मान गर्दै जिल्ला खेलकुद विकास समिति तेह्रथुमले अध्यक्ष लिम्वुलाई सम्मान गरेको छ । यसैगरि राष्ट्रिय फुटबल टिमका मिडफिल्डर अनिता बस्नेतलाई जिल्ला खेलकुद विकास समिति तेह्रथुमले सम्मान गरेको छ । बस्नेतलाई नगद रु ३३ हजार ३ सय ३३ रुपौया नगद सहित सम्मानपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाका माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा कबड्डी, भलिबल, कराँते, एथलेटिक्स गरी चार  विधाका ३२ वटा खेलहरु सञ्चालन हुने भएका छन् । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीका समूहलाई यही चैत ३० गते देखि वैशाख १ गते सम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रदेश स्तरीय प्रतियोगितामा पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार