मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

लालीगुराँस नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न, ५१ करोडको बजेट पारित

पूर्वी प्रेस 77+ समाचार ( )
११ आश्विन २०८२, बुधवार

तेह्रथुमको लालीगुराँस नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ५१ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ। असार गते सम्पन्न १६औँ नगरसभाले नीति तथा कार्यक्रम, विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।

नगरप्रमुख अर्जुन माबोहाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा समावेशी विकास, आधारभूत पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक उत्थान तथा सुशासनलाई प्राथमिकता दिइने नीति प्रस्तुत गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार नगरपालिकाले ५१ करोड २ लाख ५७ हजार ८ रुपैयाँको आय–व्यय विवरणसहितको बजेट पारित गरेको हो। बजेट निर्माणका क्रममा जनप्रतिनिधिहरूको सुझाव, स्थानीय आवश्यकता र नगरको दीर्घकालीन रणनीतिलाई आधार बनाइएको बताइएको छ।

नगरसभामा उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको सक्रिय सहभागिता रहेको थियो। अधिवेशन लालीगुराँस नगरपालिकाको सभाहल, बसन्तपुरमा आयोजना गरिएको हो।

आगामी वर्षलाई समावेशी, सक्षम र उत्तरदायी बनाउने उद्देश्य सहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै, कार्यान्वयनमा कुनै सम्झौता नगरिने नगरप्रमुख माबोहाङले  बताउनु भयो 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार