मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

मेन्छयायेममा स्वास्थ्य र पशु सेवाको नयाँ अध्याय : आधारभूत स्वास्थ्य केन्द्र र भेटेरिनरी अस्पताल संचालन

उमेश नेपाली 32+ समाचार ( )
१५ आश्विन २०८३, सोमबार

तेह्रथुम/ मेन्छ्यायेम ग्रामीण बस्तीका नागरिकले अब सामान्य स्वास्थ्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने भएको छ। त्यस्तै, पशुपालक किसानले पनि पशु उपचारका लागि सहज सेवा पाउने भएका छन्। मेन्छयायेम गाउँपालिकाले वडा नं. ३ मा आधारभूत स्वास्थ्य केन्द्र तथा वडा नं. ५ मा मेन्छयायेम भेटेरिनरी अस्पताल सञ्चालनमा ल्याउँदै दुवै संरचनाको शनिवार औपचारिक उद्घाटन गरेको छ।

एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले ताम्रापत्र अनावरण गर्दै दुवै संरचनाको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खापुङले गाउँपालिकाले स्वास्थ्य र कृषि–पशुपालनलाई विकासको प्राथमिकतामा राख्दै नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार पूर्वाधार निर्माण गरिएको बताउनुभयो।

उहाँले स्वास्थ्य सेवा र पशु स्वास्थ्य सेवा सुदृढ हुँदा नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने तथा व्यावसायिक पशुपालनमार्फत स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाका अनुसार वडा नं. ३ मा सञ्चालनमा आएको आधारभूत स्वास्थ्य केन्द्रबाट स्थानीयवासीले प्राथमिक स्वास्थ्य उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा, नियमित स्वास्थ्य परामर्श र आधारभूत औषधि सेवा आफ्नै वडाबाट प्राप्त गर्नेछन्। त्यसैगरी वडा नं. ५ मा स्थापना गरिएको मेन्छयायेम भेटेरिनरी अस्पतालबाट पशु उपचार, रोग निदान, खोप सेवा, प्राविधिक परामर्श तथा पशुपालक किसानलाई आवश्यक पशु स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतम, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी, वडा नं. ३ का अध्यक्ष विनयकुमार सुब्बा, वडा नं. ५ का अध्यक्ष दोजराज गौतम, वडा नं. ६ का अध्यक्ष प्रदीपकुमार बुढाथोकी, कार्यपालिका सदस्य पुष्पादेवी गौतम, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पशु सेवा प्राविधिक, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार