मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |
मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

दाँतमा कीरा लाग्यो । तर लामो समयसम्म त्यसको उपचार गरिएन भने दाँत सड्ने र काम नै नलाग्ने हुन सक्छ ।
दाँत सफा गर्नेदेखि ब्रेसेससम्म, कुन उपचार गर्न कति खर्च लाग्छ ?

पूर्वी प्रेस 77+ समाचार ( )
२१ पौष २०८०, शनिबार

दाँतको समस्या एउटा मात्र हुन्न, अनेकौं समस्या हुन्छन् । कसैको दाँत उछिटिएको हुन्छ, कसैको दाँत खिया लागेको हुन्छ, कसैको दाँत भाँचिएको हुन्छ, कसैको दाँत कीराले खाएको हुन्छ, कसैको दाँत फुक्लिएको हुन्छ । यी सबै समस्याको उपचार गर्न कति खर्च लाग्छ ? जिज्ञासा उठ्नु स्वाभाविक हो ।

हुन त अस्पताल वा क्लिनिक, त्यहाँको सेवा सुविधा आदिलाई हेरेर यसको खर्च फरक पर्न सक्छ । यद्यपि हामीले यहाँ ती सबैको औसत खर्च तय गरेका छौं ।

दाँतको एक्सरे

डेन्टल एक्सरेले कुनै पनि सम्भावित दन्त तथा मुख स्वास्थ्य समस्या पहिल्याउन मद्दत गर्छ । यसले दाँतको वृद्धि विकास, दाँत र गिजाको अवस्था देखाउँछ । प्राय: बाङ्गोटिङ्गो दाँतको अवस्था, बङ्गारा कति उम्रिएको छ भन्न प्रयोग हुन्छ ।

खर्च : एक्सरेको खर्च दाँतको संख्याअनुसार बढ्छ । जस्तै, एउटा दाँतकोे एक्सरे गराएमा एक सय रुपैयाँ लाग्छ । पूरा दाँतको एक्सरे गर्दा ८००  रुपैयाँ शुल्क लाग्छ ।

स्केलिङ र पोलिस

कुनै उपकरणको सहायताले दाँतमा टाँसिएको फोहोर अर्थात् दन्त लेउ र अन्य फोहोरहरु सफा गर्नुलाई स्केलिङ भनिन्छ । दाँतमा फोहोर जम्मा भइरह्यो भने दाँतबाट रगत आउने, गिजा सुन्निने, दाँत हल्लिने जस्ता समस्याहरु आउँछन् । त्यसैले यो समस्या आउन नदिन वर्षमा एकपटक अनिवार्य दाँत सफा गर्न जरुरी छ ।

दाँत सफा गरेपछि अनिवार्य रुपमा पोलिसिङ जरुरी हुन्छ । यसले दाँतलाई सफा र नरम बानाउँछ ।

खर्च : दाँत स्केलिङ र पोलिस गरेको खर्च अस्पताल अनुसार फरकफरक हुन्छ । यसको खर्च ५०० रुपैयाँदेखि सुरु हुन्छ ।

ब्रेसेस लगाउने

दाँतबाङ्गोटिङ्गो भएमा खाना चपाउनगाह्रो हुने, दुईवटा दाँत घस्रिएर खिइने र सेन्सेटिभ हुने, दाँतको मांसपेशी र जोर्नीमा पनि असर गर्न सक्छ । दाँत खप्टिएको छ भने दाँत राम्रोसँग सफा हुन पाउँदैन र अन्य दाँतका समस्या देखिन सक्छ । त्यसैले यो मिलाउन पनि दाँतमा ब्रेसेस बाँधिन्छ ।

ब्रेसेस तीन प्रकारका छन् । सबैभन्दा बढी मेटल ब्रेसेस प्रयोग हुने गरेको छ । यो उपचार अवधिभर फिक्सडहुन्छ, निकाल्न मिल्दैन । हरेक महिना फलोअप गराएर कस्नुपर्ने हुन्छ ।

मेटल ब्रेसस मन नपर्नेहरुको विकल्पमासेरामिक ब्रेससछ । यो ब्रेसेसको काम गर्ने तरिका एउटै हो । तर विशेषता के छ भने यो सेरामिकले बनेको हुन्छ र हेर्दा देखिंदैन । कसैलाई गिजामा संक्रमण हुनसक्ने हुँदा फलोअप राम्रो हुनुपर्छ ।

त्यसैगरीअर्को उपाय  भनेको क्लियर अलाइनर्स। यो बक्समा सेटसहित आउँछ ।  यो ब्रेसेस लगाएपछि हरेक   महिना  फलोअपका आइराख्नु पर्दैन ।

खर्च :   ब्रेसेस लगाएको खर्च ४० हजारदेखि एक लाख माथि लाग्न सक्छ। यसमा दाँतको अवस्था, कस्तो खालको समान प्रयोग हुन्छ, त्यसअनुसार शुल्क निर्धारण हुन्छ  मेटलको लगाएमा ३५-४० हजार, सेरामिकको ब्रेससमा ५०-६० हजार र क्लियर अलाइनर्सएक लाखमाथि पर्न सक्छ ।

दाँत निकाल्ने     

सामान्यतया दाँत निकाल्ने अवस्था भनेको दुधे दाँत हल्लिदा, दाँत पूरै टुक्रिएर जराले छोडेको, बढ्दो उमेरसँगै दाँत झर्ने अवस्थाब्रेसेस लगाउँदा खाल्डो वा खाली ठाउँ मिलाउन केही दाँत निकाल्नुपर्ने हुन सक्छ ।

खर्च : सामान्यतया एउटा दाँत निकाल्न एक सय रुपैयाँ लाग्न सक्छ । तर कुनै कारणवश दाँतको अवस्था जटिल भएर निकाल्न परेमा मूल्य बढी पर्न सक्छ ।

गिजाको समस्या

जिन्जिभाइटिस

गिजामा समस्या देखिने प्रमुख कारण दन्त स्वास्थ्यमा ध्यान दिन नसक्नु हो । नियमित र राम्ररी ब्रस नगर्दा दाँतमा तहमा लेउ जम्मा हुन्छन् र गिजाको वरपर कडा भएर बस्छ । यी हानिकारक जिवाणुले गिजालाई संक्रमित गर्नसक्छ र जिन्जिभाइटिस भनिने समस्या निम्त्याउन सक्छ ।

यस्तोमा गिजा सुनिने र कहिलेकाहीं रगत बग्ने समस्या हुन्छ । जिन्जिभाइटिसमात्र छ भने दाँतको हेरचाह र स्केलिङगर्दा ठीक हुन्छ ।

पिरियडोन्टाइटिस

जिन्जिभाइटिसलामो समयसम्म भइरहेमा किटाणु संक्रमणले गिजा र दाँतको जरा बीचमा पिरियडोन्टल पकेट (हानिकारक ब्याक्टेरियाको विकास र रोग निम्त्याउन उपयुक्त अवस्था) बनाउन सक्छ । उपचार नगरिएको खण्डमा जिन्जिभाइटिसको फैलावटले पिरियडोन्टाइटिस समस्या हुन सक्छ । अन्ततः गिजाको सफ्ट टिस्युर त्यसको भित्री हड्डीमा क्षति पुर्‍याउँछ । जसले दुखाइ मात्र दिंदैन दाँत कमजोर भई हल्लिन्छ ।

खर्च : पिरियडोन्टाइटिस हुँदा पिरियडोन्टल शल्यक्रिया गर्नुपर्ने हुनसक्छ  । शल्यक्रियाको लागत  तीन हजारदेखि ६ हजार रुपैयाँसम्म लाग्छ ।

दाँत भर्ने

यदि कुनै दाँतमा कीरा लागेको छ भने त्यो भाग कालो हुन्छ  । दाग बस्ने मात्र  नभई सिरिङ सिरिङ हुन्छ । दाँतमा हुने यस्तो अवस्थालाई बोलीचालीको भाषामा कीरा लाग्योभनिन्छ । जुन सुरुको अवस्थामा भए कीटाणु हटाएर त्यहाँ सिमेन्ट भर्ने काम गरिन्छ ।

खर्च : सडन भएको दाँत भर्ने शुल्क ५०० देखि सुरु हुन्छ । दाँतको अवस्था र संख्या हेरेर शुल्क बढ्दै जान्छ ।

रुट क्यानल टिट्रमेन्ट(आरसीटी)

दाँतमा कीरा लाग्यो । तर लामो समयसम्म त्यसको उपचार गरिएन भने दाँत सड्ने र काम नै नलाग्ने हुन सक्छ । त्यति मात्र होइन यसले जरालाई नै क्षति पुर्‍याउँछ । दाँतलाई जोगाउन त्यसको जरादेखि गरिने उपचार रुट क्यानल टिट्रमेन्टउपचार हो । यो विधिमा दाँतको जरादेखि उपचार गर्दा दाँतको चपाउने भाग वा भित्री भागमा सानो प्वाल बनाएर दाँतको नसासम्म पुगेर उपचार गरिन्छ ।

खर्च : आरसीटीको उपचार खर्च औसतमा तीन हजारदेखि सुरु हुन्छ । दाँतको जटिलता अनुसार शुल्क बढ्न सक्छ ।

इन्टरडोनटिक शल्यक्रिया

आरसीटीबाट पनि उपचार सम्भव नभएको अवस्था वा समयमा नगरेमा जरामा संक्रमण बढ्छ । जसलाई पेरिएपिकल अ‍ब्सकेस भनिन्छ । यसमा जीवाणु दाँतको जराको भित्री भागमा पुग्छ र दाँतलाई टुक्राउने, गिजा सुनिन्ने, दुख्ने, दाँतले ठाउँ छोड्ने र कहिलेकाहीं ट्युमर पनि पलाउन सक्छ । यसमा आरसीटीपछि पनि इन्टरडोनटिक शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

खर्च  : अगाडिको दाँत भए तीन हजार रुपैयाँदेखि सुरु हुन्छ । त्यस्तै पछाडितर्फको दाँतमा गर्न जरा धेरै हुने भएकाले चार हजारबाट शुल्क सुरु हुन्छ । अस्पताल तथा किलिनिक अनुसार शुल्क तलमाथि हुन सक्छ ।

डेन्टल क्राउन

दाँत कमजोर, टुक्रिएको, थोरै ग्याप, झरेको अवस्थामा लगाइन्छ । डेन्टल क्राउन दुईखालका हुन्छन् । एउटा हेर्दा मेटल जस्तो देखिने र अर्को मेटल जस्तो नदेखिने ।

खर्च : डेन्टल क्राउनको लागत तीन हजारदेखि २५ हजारसम्म पर्छ ।

दाँत इम्प्लान्ट

कुनै दाँत झरेको ठाउँमा अर्को दाँत प्रत्यारोपण गर्न मिल्छ । प्रत्यारोपणपछि प्राकिृतिक जस्तै देखिने र काम पनि त्यस्तै गर्छ ।

खर्च :   प्रत्यारोपण गर्न कम्तीमा ३५ हजार लाग्छ । त्यसमा क्राउनसमेत राख्दा ५० हजार खर्च हुन आउँछ ।

कृत्रि दाँत           

दाँत सबै झरेको छ भने कृत्रिम दाँत राखिन्छ । यसलाई कमप्लिट डेन्चरभनिन्छ ।

खर्च  :  कमप्लिट डेन्चरको मूल्य १२ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ । एउटा दाँत राखेबापत औसत मूल्य एक हजार पर्छ ।

त्यस्तै पूरै नहालेर एउटा मात्र दाँत राख्नुपर्ने हुन्छ भने त्यसको एक हजार लाग्छ । दाँतअनुसारको पैसा लाग्छ जुन निकालेर सफा गर्न मिल्छ । तर फिक्स्डखालको दाँत हाल्दा एउटाको ११ हजार रुपैयाँ पर्न आउँछ 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार