तेह्रथुम । आगामी असार १४ गते बाट लालीगुराँस नगरपालिकाको
बसन्तपुरमा फुडफेस्टीबल सहितको ऐतिहासीक राँके मेला तथा अर्गानीक कृषि महोत्सव
आयोजना हुने भएको छ ।
आन्तरीक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको
महोत्सव, बसन्तपुरको फुटबल
खेल मैदानमा २१ दिन सम्म संचालन हुने आयोजक न्यू पाथीभरा युवा सामुदायिक क्लवले
जनाएको छ । प्रदिप इन्टरप्राईजेज दमक झापाको व्यवस्थापनमा आयोजना हुन लागेको
महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुती रहने
व्यवस्थापक रेवत कटुवालले जानकारी दिए ।
मेलामा साना तथा घरेलु उद्योग बाट उत्पादित वस्तुको प्रदर्शनी र
विक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतीहरु रहनेछन् । मेलामा घरेलु उत्पादन र
स्थानीय खानाका परिकारका स्टलहरु रहने छन् । पर्यटकीय वजार बसन्तपुरमा आयोजना हुन
लागेको महोत्सवमा स्थानीय मौलीक र परम्परागत खानाका परिकारको स्वाद पर्यटकले चाख्न
पाउनेछन् । गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्धार बसन्तपुरमा
आयोजना हुने महोत्सवको पूर्वी तराई, भारतको विहार र
पश्चिम बंगाल समेतका पर्यटकले प्रत्यक्ष अबलोकन गर्ने आयोजकले जनाएको छ । चिसो
हावापानी रहेको बसन्तपुर घुम्न आउने पर्यटकले पहाडी सौन्दर्यको अवलोकन गर्न पाउने
छन् ।
यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकले स्थानिय स्तरको मौलिक
खानपानका परिकारको स्वाद चाख्न पाउनेछन । महोत्सवमा रैथाने जातका कृषि उपज बाट
बन्ने परिकारको पर्बद्धन समेत हुने मेला व्यवस्थापक बिकी भगतले जानकारी दिए ।
महोत्सवमा आउने पर्यटकले रमणिय पर्यटकीय क्षेत्र तीनजुरे, आरआर गार्डेन, पाँचपोखरी, चो?लुङ पार्क, मार्गा पोखरी, चित्रे वजार, धनरुपा पार्क, पात्ले पोखरी, मेलमिलाप पार्क, ठेकीपार्क लगायत क्षेत्र घुमघाम गरेर मनोरोञ्जन लिन पाउने स्थानीय रविकिरण लिम्वुले बताए ।
महोत्सवको करिब ५ लाख भन्दा वढी दर्शकहरुले अवलोकन गर्ने
आयोजकले जनाएको छ । पर्यटक आगमनको अफसिजन शुरु भएको यो समयमा आयोजना भएको
महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान वनाउन महत्वपुर्ण सहयोग पु¥याउने उद्योग बाणिज्य संघ बसन्तपुरका अध्यक्ष रोषन सुवेदीले
वताए ।