मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

शिक्षक सरुवा विवादले रोकियो छथर जोरपाटीको बजेट, सर्वोच्च धाउँदा गाउँसभा प्रभावित

उमेश नेपाली 32+ समाचार ( )
१७ आश्विन २०८३, बुधवार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको समयसीमाभित्र बजेट ल्याउन नसक्ने स्थानीय तहको सूचीमा धनकुटाको छथर जोरपाटी गाउँपालिका पनि परेको छ। शिक्षक तथा बालविकास सहजकर्ताको सरुवा विवाद सर्वोच्च अदालतसम्म पुगेपछि गाउँपालिकाको बजेट प्रक्रिया प्रभावित बनेको हो।

गाउँपालिकाले असार ७ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि बजेट भने अझै गाउँसभामा पेश हुन सकेको छैन। असार १० गते बजेट प्रस्तुत गर्ने तयारी रहे पनि शिक्षक सरुवासम्बन्धी मुद्दाको पेसीका लागि गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा र शिक्षा शाखा प्रमुख निर्मला सुवेदी सर्वोच्च अदालत जानुपरेकाले गाउँसभा प्रभावित भएको हो।

गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवाका अनुसार बजेटको मस्यौदा र आवश्यक तयारी पूरा भइसकेको छ। अब कार्यपालिका बैठक बसेर गाउँसभा आह्वान गर्ने मिति तय गरिने र असार २० भित्र बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ।

गाउँपालिकाले केही समयअघि शिक्षक तथा बालविकास सहजकर्ताको दरबन्दी मिलान गर्दै स्थायी नागरिकताको ठेगानाका आधारमा घरपायक पर्ने विद्यालयमा सरुवा गरिएको जनाएको छ। तर, एक शिक्षक र एक बालविकास सहजकर्ताले आफ्नो सहमतिविना सरुवा गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हालका लागि सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। यही कानुनी प्रक्रियाले गाउँपालिकाको नियमित बजेट प्रक्रिया समेत प्रभावित भएको गाउँपालिकाको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। छथर जोरपाटी गाउँपालिकाले भने कानुनी विवादका कारण तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार