मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

‘जरा अभियान’मा एमालेले गरिरहेका १२ काम

पूर्वी प्रेस 52+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ भनिरहेको नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–०८४ अभियान थालेको थियो ।

सुरुमा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो ।

उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गर्‍यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनहरूको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो ।

अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ ।

जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार यो अभियानमा मूलतः तीन विधिबमोजिम काम भइरहेको छ– पार्टी मोर्चा, जनसंगठन र जनप्रतिनिधि । अभियानको मूल नेतृत्व पार्टीकै नेताहरूले गरिरहेका छन् । जसअनुसार सबै प्रदेश कमिटीले प्रशिक्षण/भेला कार्यक्रम गरिसकेका छन् ।

बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार अहिले जिल्ला तहको अभिमुखीकरण चलिरहेको छ । ‘हामी जिल्ला तहको अभिमुखीकरण गरिरहेका छौं । जरा अभियानमा हामीले गर्नुपर्ने कामबारे अभिमुखीकरणमा हुन्छ,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार