मुख्य समाचार
कृषि उत्पादन बढाउन मेन्छयायेमको पहल, कृषकलाई हाते ट्याक्टरदेखि टनेलसम्म | मुन्धुम, इतिहास र भाषाबारे आधारभूत चुम्लुङ सम्पन्न | किर्ते दस्तखत गरी रकम निकासा गरेको आरोपमा जिल्ला खेलकुद विकास समिति तेह्रथुमका निःवर्तमान अध्यक्ष पक्राउ | मौरीपालन सीप सिक्दै छथरका किसान, स्वरोजगारको बाटो खुल्ने अपेक्षा | वैज्ञानिक खेतीको आधार खोज्दै लालीगुराँस, माटो परीक्षण सहजकर्ता उत्पादन गरिँदै | दलित समुदायलाई सचेत बनाउँदै छथर | विदेशबाट फर्किएका युवालाई उद्यमी बन्न सिकाउँदै छथर | किसानलाई आधुनिक उपकरणसँग जोड्दै म्याङलुङ नगरपालिका | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै |

कृषि उत्पादन बढाउन मेन्छयायेमको पहल, कृषकलाई हाते ट्याक्टरदेखि टनेलसम्म

उमेश नेपाली 7+ समाचार ( )
९ आश्विन २०८३, मङ्गलबार

तेह्रथुम। कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि, कृषि यान्त्रीकरणको प्रवर्द्धन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले मेन्छयायेम गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण गरेको छ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत कृषि विकास शाखामार्फत सञ्चालन गरिएको कार्यक्रममा ३८ जना कृषकलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो। कृषि विकास शाखाका प्रमुख अनिपाल भण्डारीका अनुसार १४ जना कृषकलाई हाते ट्याक्टर, ११ जनालाई प्लास्टिक टनेल र १३ जनालाई ग्रासकटर प्रदान गरिएको छ।

कृषकहरूको वास्तविक आवश्यकता, माग तथा कृषि उत्पादनमा प्रत्यक्ष योगदान पुग्ने आधारमा सामग्री छनोट गरी वितरण गरिएको गाउँपालिकाले जनाएको छ। कृषि सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ, उपाध्यक्ष गीतादेवी तिम्सिना गौतम, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी, विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

पछिल्ला वर्षहरूमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको गाउँपालिकाले यान्त्रीकरण, व्यावसायिक खेती, तरकारी उत्पादन र पशुपालनसँग सम्बन्धित विभिन्न अनुदानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष वितरण गरिएका हाते ट्याक्टर, प्लास्टिक टनेल र ग्रासकटरले कृषि कार्यलाई सहज, छरितो र प्रभावकारी बनाउनुका साथै उत्पादन लागत घटाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले आधुनिक कृषि प्रणालीमार्फत कृषकको आयआर्जन वृद्धि र कृषिलाई थप व्यवसायिक बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार