मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

प्रदेशसभा खारेजीको एजेन्डाले फेरि संघीयतामाथि बहस

पूर्वी प्रेस 77+ समाचार ( )
१७ आश्विन २०८३, बुधवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेशसभा खारेज गरी संघीय संरचनाको पुनर्संरचना गर्ने प्रस्ताव पारित गरेपछि नेपाली राजनीतिमा संघीयतामाथि नयाँ बहस सुरु भएको छ।

चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन शाहले प्रदेशलाई थप अधिकारसहित बलियो बनाउने प्रतिबद्धता जनाएका थिए। तर महाधिवेशनबाट पारित दस्तावेजमा प्रदेशसभा खारेज गर्ने एजेन्डा समावेश भएपछि पार्टीको चुनावी प्रतिबद्धता र वर्तमान नीतिबीच विरोधाभास देखिएको भन्दै आलोचना भइरहेको छ।

रास्वपाले प्रदेश तहले अपेक्षित सेवा दिन नसकेको दाबी गर्दै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्थानीय तहको पुनर्संरचना र प्रदेशसभा खारेजीको प्रस्ताव अघि सारेको छ।

यता राजनीतिक विश्लेषक तथा संघीयताका पक्षधरहरूले भने संघीयताको कार्यान्वयनमा कमजोरी भए पनि संरचनालाई नै हटाउने प्रस्तावले नयाँ राजनीतिक ध्रुवीकरण र विवाद निम्त्याउन सक्ने चेतावनी दिएका छन्। विशेषगरी मधेश केन्द्रित दलहरूले यसलाई चुनावी वाचाविपरीतको निर्णय भन्दै आपत्ति जनाएका छन्।

संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ समर्थन हाल कुनै पनि दलसँग नभएकाले तत्काल प्रदेशसभा खारेज हुने अवस्था नरहे पनि रास्वपाको यो निर्णयले संघीयताको भविष्यबारे राष्ट्रिय बहसलाई भने थप तीव्र बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार