मुख्य समाचार
छथर गाउँपालिकाको गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न, ४७ करोडभन्दा बढी बजेट प्रस्तुत | दल परिवर्तनको मूल्यः तीन स्थानीय जनप्रतिनिधिले गुमाए पद | बसन्तपुरमा मिनी मार्केट सञ्चालन, किसानलाई कृषि उपज बिक्रीमा सहजता | कृषि उत्पादन बढाउन मेन्छयायेमको पहल, कृषकलाई हाते ट्याक्टरदेखि टनेलसम्म | मुन्धुम, इतिहास र भाषाबारे आधारभूत चुम्लुङ सम्पन्न | किर्ते दस्तखत गरी रकम निकासा गरेको आरोपमा जिल्ला खेलकुद विकास समिति तेह्रथुमका निःवर्तमान अध्यक्ष पक्राउ | मौरीपालन सीप सिक्दै छथरका किसान, स्वरोजगारको बाटो खुल्ने अपेक्षा | वैज्ञानिक खेतीको आधार खोज्दै लालीगुराँस, माटो परीक्षण सहजकर्ता उत्पादन गरिँदै | दलित समुदायलाई सचेत बनाउँदै छथर | विदेशबाट फर्किएका युवालाई उद्यमी बन्न सिकाउँदै छथर |

छथर गाउँपालिकाको गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न, ४७ करोडभन्दा बढी बजेट प्रस्तुत

उमेश नेपाली 9+ समाचार ( )
११ आश्विन २०८३, बिहीबार

तेह्रथुम / छथर गाउँपालिका तेह्रथुमको गाउँसभा तथा १७ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ। गाउँपालिका–३ स्थित बराह मन्दिर परिसरमा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेटको सीमा प्रस्तुत गरिएको हो।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षका विकास योजनाहरूलाई उत्पादन, रोजगारी र पूर्वाधार विकाससँग जोडेर सञ्चालन गरिने भएको छ। प्रत्येक वडा समितिले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत कम्तीमा एक योजना समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ भने लक्षित वर्गका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले अधुरा योजनाहरू सम्पन्न गर्ने, ‘एक टोल एक विकास अवधारणालाई प्राथमिकता दिने, सामूहिक उत्पादन तथा प्रविधिमा आधारित योजनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ। विद्यालयहरूमा स्वच्छ खानेपानीको पहुँच विस्तार तथा मुख्य सडकहरूलाई क्रमशः स्तरोन्नति गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रस्तुत बजेट सीमाअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदान गरी करिब ४२ करोड ३९ लाख बढी रुपैयाँ  प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ३ करोड ८८ लाख रुपैयाँभन्दा बढी  प्राप्त हुने प्रक्षेपण गरिएको र गाउँपालिकाको आन्तरिक आय १ करोड रुपैयाँ  रहने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्वु (सन्तोष तिगेला) ले बताउनु भयो

यसरी आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको कुल अनुमानित बजेट ४७ करोड २७ लाख ११ हजार ६ सय ३४ रुपैयाँ  निर्धारण गरिएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै आगामी आर्थिक वर्षका प्राथमिकता तय गरिएको गाउँपालिकाले जनाएको छ।

कृषि, रोजगारी, खानेपानी, शिक्षा, सडक तथा आधारभूत पूर्वाधार विकासलाई केन्द्रमा राखेर आगामी वर्षका कार्यक्रम सञ्चालन गरिने नीति गाउँसभामार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार