मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

लालीगुराँस नगरपालिकाको नगरसभा तथा १८औँ अधिवेशन सम्पन्न

उमेश नेपाली 32+ समाचार ( )
१३ आश्विन २०८३, शनिबार

तेह्रथुम । लालीगुराँस नगरपालिकाको नगरसभा तथा १८ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ। नगरपालिकाको सभाहल, बसन्तपुरमा सम्पन्न अधिवेशनले आगामी आर्थिक वर्षका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल गर्दै विभिन्न प्रस्तावहरू पारित गरेको छ।

नगरसभामा नगरको समग्र विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, पर्यटन, युवा तथा खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ। साथै, नगरवासीको जीवनस्तर उकास्ने तथा दिगो विकासलाई टेवा पुग्ने योजनाहरूलाई समेत विशेष महत्व दिइएको छ।

अधिवेशनमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरको नीति तथा कार्यक्रम तर्जुमा गर्ने महत्वपूर्ण थलोका रूपमा रहेको नगरसभाले आगामी आर्थिक वर्षका लागि विकासको मार्गचित्र तय गर्दै १८औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार