मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

पोक्लावाङ बजारमा अनुगमन, म्याद सकिएका सामग्री नष्ट

पूर्वी प्रेस 77+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका स्थित पोक्लावाङ बजारमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रबार बजार अनुगमन गरिएको छ ।

अनुगमन टोलीले १२ वटा पसलहरूको निरीक्षण गरी म्याद सकिएका खाद्य तथा पेय पदार्थ बरामद गरी नष्ट समेत गरेको छ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको सहभागीता थियो ।

अनुगमनका क्रममा पसलहरूमा विक्रीका लागि राखिएका म्याद सकिएका खाद्य तथा पेय पदार्थहरू फेला पारिएको जिल्ला प्रशासन कार्यालयका नासु गोविन्द लिम्वुले बताउनु भयो ।

अनुगमनका क्रममा कूल १४८६ रूपैयाँ बराबरको म्याद सकिएका खाद्य सामग्री संकलन गरी नष्ट गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय तेह्रथुमका कोष नियन्त्रक दीपकराज बञ्जाराले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा पसलेहरूलाई उपभोक्ता अधिकार ऐन, खाद्य ऐन तथा औद्योगिक मापदण्डहरू बारे जानकारी गराइएको थियो। साथै, उपभोग्य वस्तुहरूमा मूल्यसूची टाँस्न, स्वच्छता कायम गर्न, म्याद सकिएका वस्तुहरू तत्काल हटाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार