मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्नेः मुख्यमन्त्री कार्की

पूर्वी प्रेस 77+ समाचार ( )
१५ आश्विन २०८३, सोमबार

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले धान दिवस तथा असार १५ को शुभकामना दिँदै पछिल्लो समयमा खेतीयोग्य जमिन बाझो हुनुले कृषि क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्नुभएको छ। नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको उल्लेख गर्दै धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको बताउनुभएको छ । उहाले पछिल्लो समय युवाको वैदेशिक पलायन र बसाई सराईले खेतीयोग्य जमिन बाँझो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कृषि उत्पादनमा चुनौती थपिएको उल्लेख गर्नुभएको छ ।आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ। कोशी प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकहरूको श्रम र योगदानप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र समृद्ध कोशी प्रदेश निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ। 
मुख्यमन्त्री कार्कीले धान दिवस तथा असार १५ को शुभकामना दिँदै पछिल्लो समयमा खेतीयोग्य जमिन बाझो हुनुले कृषि क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्नुभएको छ। नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको उल्लेख गर्दै धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको बताउनुभएको छ । उहाले पछिल्लो समय युवाको वैदेशिक पलायन र बसाई सराईले खेतीयोग्य जमिन बाँझो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कृषि उत्पादनमा चुनौती थपिएको उल्लेख गर्नुभएको छ ।आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ।
 कोशी प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकहरूको श्रम र योगदानप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र समृद्ध कोशी प्रदेश निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार