मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

सामुदायिक विद्यालयमा बालबालिका नपढाए सेवा सुविधा रोक्का
शिक्षा सुधारका लागि छथर गाउँपालिकाको कठोर निर्णय

पूर्वी प्रेस 77+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

तेह्रथुमको छथर गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र जनविश्वास मजबुत बनाउने उद्देश्यले ऐतिहासिक निर्णय लिएको छ । गाउँसभा तथा कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाबाट सेवासुविधा लिने सबै कर्मचारी शिक्षक, स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गराउनु पर्नेछ  । यो निर्णय २०८२ सालको शैक्षिक सत्रदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्वुले बताउनु भयो ।

पालिकाका अनुसार, कुनै पनि कर्मचारी, शिक्षक, जनप्रतिनिधि वा स्वास्थ्य स्वयंसेविकाका बालबालिकाले कुनै निश्चित प्रकृयामार्फत प्रतिस्पर्धी परिक्षा दिई छात्रवृत्ति प्राप्त गरेको खण्डमा भने सम्बन्धित निकायको छनौट समितिबाट स्वीकृत निर्णयको प्रमाणसहित सूचना पेश गर्न पालिकाले सूचना मार्फत जानकारी गराएको छ ।

यस्तो प्रमाण पेश नगरी सामुदायिक विद्यालयमा भर्ना नगरिएको भेटिएमा, पालिकाले निर्णयको अवज्ञा मानेर कडा कारबाही गरिने जनाइएको छ । करार कर्मचारीको करार नबढाइने वा सम्झौता भङ्ग गरिने, स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा रोक्का गरिने, जनप्रतिनिधिलाई नियम अनुसार निलम्बन गरिने र स्थायी शिक्षक तथा कर्मचारीको सेवा सुविधा र कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया समेत स्थगित गरिने गाउँपालिकाले जनाएको  छ । गाउँपालिकाले सम्बन्धित सबैलाई निर्णयको पालना गर्न स्पष्ट रूपमा आग्रह समेत गरेको छ।

यस निर्णयलाई शिक्षा क्षेत्र सुधारको दिशा तर्फको कठोर कदमका रूपमा हेरिएको छ। निजी विद्यालयप्रतिको निर्भरता घटाउँदै सामुदायिक शिक्षाको स्तर वृद्धि गर्ने

रणनीतिसँगै, सरकारी सेवामा रहेकाहरूबाट सामूहिक उत्तरदायित्व खोज्ने प्रयासका रूपमा यो निर्णयलाई लिइएको छ। यसले छथर गाउँपालिकाको शिक्षा प्रणालीमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार