मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

लालीगुराँसमा बेठीको पुनर्जागरण, धान रोपाइँसँगै मौलिक संस्कृति जोगाउने प्रयास

उमेश नेपाली 32+ समाचार ( )
१७ आश्विन २०८३, बुधवार

तेह्रथुम। राष्ट्रिय धान दिवस २०८३ को अवसरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–६ सुङनामको माझखर्कमा धान रोपाइँसँगै हराउँदै गएको परम्परागत बेठी संस्कृतिलाई पुनर्जीवित गर्ने प्रयास गरिएको छ।

पूर्णिमाका कारण धान दिवसको भोलिपल्ट आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक र सर्वसाधारण सामूहिक रूपमा खेतमा उत्रिएका थिए। असारे भाका, नौमती बाजा र सामूहिक श्रमको वातावरणले पुरानो गाउँले जीवनको झल्को दिएको थियो।

नगरप्रमुख अर्जुन माबोहाङले बेठी केवल धान रोप्ने परम्परा नभई गाउँको सामाजिक एकता, सहकार्य र मौलिक पहिचानको प्रतीक भएकाले नयाँ पुस्तामा हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको बताए।

७६ वर्षीया स्थानीय अजिमाया खत्रीले पहिले गाउँभरिका मानिस एकै ठाउँमा भेला भएर गीत गाउँदै धान रोप्ने परम्परा रहेको स्मरण गर्दै अहिले त्यसको पुनः झल्को देख्न पाउँदा खुसी लागेको बताइन्। स्थानीय ओममाया बरालले पनि वर्षौंपछि बेठीमा सहभागी हुँदा बाल्यकालका सम्झनाहरू ताजा भएको सुनाइन्।

कृषि प्राविधिक हिमबहादुर थापाका अनुसार स्थानीय बाली, परम्परागत कृषि ज्ञान र संस्कृतिको संरक्षणले भावी पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्न मद्दत पुग्नेछ।

समयसँगै बसाइँसराइ, वैदेशिक रोजगारी, आधुनिक कृषि प्रविधि र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बनेको बेठीलाई पुनर्जीवित गर्ने लालीगुराँस नगरपालिकाको पहललाई स्थानीयले संस्कृति संरक्षणको महत्वपूर्ण अभियानका रूपमा लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार