मुख्य समाचार
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै | तेह्रथुममा ५३.५९ प्रतिशत मतदान, प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न | तेह्रथुममा ३९ प्रतिशत मत खस्यो । | जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग | तेह्रथुममा २९ प्रतिशत मत खस्यो । | जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम | आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? |

त्रिवि उपकुलपतिको विज्ञापनमा पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरेका हुन्।

पूर्वी प्रेस 52+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बोलाएर प्रधानमन्त्रीसमेत रहेका कुलपति दाहालले विज्ञापन सच्याएर प्रकाशित गर्न निर्देशन दिएका हुन्।

विश्वविद्यालयको सुधारका निम्ति आफूले संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित सूचनाले योग्य मान्छेहरू छनोटको ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपिपेश गर्नुपर्ने सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताएका थिए।

पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाएर फेरि सूचना प्रकाशित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार