मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु

पूर्वी प्रेस 77+ समाचार ( )
२६ माघ २०८२, आइतबार

तेह्रथुम/ नेकपा एमालेले तेह्रथुममा चुनावी अभियान आठराई र छथर गाउँपालिकाबाट सुरु गरेको छ। एमाले तेह्रथुमको समन्वय तथा पालिका कमिटीहरूको आयोजनामा प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूले मतदाता केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका छन्।

नेकपा एमाले तेह्रथुमका प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार भानुभक्त ढकालको टोली आठराई गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट तथा चुनावी कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसैगरी, एमाले तेह्रथुमकी प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बिष्णुमाया बिकको टोलीले छथर गाउँपालिकाका विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको छ।

एमाले प्रत्यक्ष उम्मेदवार ढकालको टोली माघ २७ गतेसम्म आठराई गाउँपालिकामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले तेह्रथुमका अध्यक्ष शिव ढुङ्गानाकाले बताए। त्यस्तै, समानुपातिक उम्मेदवार बिकको टोलीले माघ २८ गतेसम्म छथर गाउँपालिकाका विभिन्न टोल बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले तेह्रथुमले जनाएको छ ।

पार्टीको गुमेको साख पुनः स्थापित गर्न नेकपा एमाले तेह्रथुमले सक्रिय रूपमा चुनावी अभियानलाई तीव्र बनाएको निर्वाचन प्रचारप्रसार समिति संयोजक प्रकाश श्रेष्ठले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार