काठमाडौं । नेपाली कांग्रेसबाट
निर्वाचित भई पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका तीन जना
जनप्रतिनिधिको पद समाप्त भएको छ। निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको औपचारिक
घोषणा गरेको हो।
पद गुमाउनेमा जुम्लाको गुठीचौर
गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन
गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी तथा बुटवल उपमहानगरपालिका–३ का
वडाध्यक्ष विष्णु ढकाल रहेका छन्।
उनीहरू स्थानीय तह निर्वाचनमा
नेपाली कांग्रेसको उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। तर पछि रास्वपामा आबद्ध
भएपछि कांग्रेसले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनीहरूलाई पदमुक्त
गर्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको थियो।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सिफारिस र राजनीतिक
दलसम्बन्धी ऐनको प्रावधानअनुसार आयोगले तीनै जनाको पद रिक्त भएको निर्णय गरेको
जनाएको छ।

